बिहीबार , असोज ३ गते २०८१

ओली–प्रचण्डले गरे प्रतिबद्धता– दासढुङ्गा रहस्यमय घटना हो यसको सत्यतथ्य पत्ता लगाउने

ओली–प्रचण्डले गरे प्रतिबद्धता– दासढुङ्गा रहस्यमय घटना हो यसको सत्यतथ्य पत्ता लगाउने

मदन–आश्रित स्मृति दिवसकै दिन पारेर दुईवर्षअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको थियो ।

images
अखबार दैनिक
शनिबार, जेठ ३ २०७७
  • ओली–प्रचण्डले गरे प्रतिबद्धता– दासढुङ्गा रहस्यमय घटना हो यसको सत्यतथ्य पत्ता लगाउने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने उद्घोष गरेका छन् ।

    images

    २०५० जेठ एमालेको तत्काली पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दासढुङ्गामा रहस्यमय दुर्घटनामा परि मृत्युवरण गरेका थिए ।


    तर, नेकपाका कार्यकर्ताहरू यसलाई दुर्घटना मान्न तयार छैनन् । हत्या मान्दै आएका छन् ।

    पार्टी एकताको दोस्रो वर्षगाँठको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्षद्वयले यथार्थको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता गरेका हुन् ।

    “दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटनामा मान्न तयार छैनन् । उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ,” अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    936F65F8-38E1-460C-A2B9-B622B47C2864.jpegC6379C3B-8237-48D6-B25F-244D57651D44.jpegC713D4F2-B6BB-44D5-BC2F-6512C5BDE0D1.jpeg

    तत्कालीन सरकारले गठन गरेको आयोग र त्यसको प्रतिवेदनलाई चित्त नबुझाउँदै त्यतिबेला एमालेले केपी ओलीको नेतृत्वमा एक सदस्यीय आयोग पनि गठन गरेको थियो । त्यो पनि आयोगले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै पूर्वएमाले र अहिलेका नेकपा कार्यकर्ताले नै गुनासो गर्दै आएका छन् ।

    मदन–आश्रितको सम्झनामा आजको दिन नेकपाले विविध कार्यक्रम गर्दै आएको छ । हिजैमात्र सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाउने कार्यक्रम प्रस्तुत गरेको छ ।

    मदन–आश्रित स्मृति दिवसकै दिन पारेर दुईवर्षअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ