आइतबार, कात्तिक ११ गते २०८२

काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

अखबार दैनिक
बुधबार, असोज १६ २०८१
  • काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम गर्न लागेको हो ।

    दसैँ तिहारको बिचमा र जाडो बिदामा महानगरभित्रका ८ वटा स्रोत विद्यालयहरूमा एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो ।

    यसका लागि स्रोत केन्द्रका स्रोत शिक्षकहरूसँग समन्वय गरेर आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म कक्षा १० का विद्यार्थीलाई उक्त शिविरमा सहभागी गराउन अनुरोध गरेको छ ।

    461789772_855545520086335_2896092799680913933_n_ZlYaWGG7rU.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ