नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेटका छन् । सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन गर्नुका साथै अध्यक्ष प्रचण्डले त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाए । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।