बिहीबार , कात्तिक १५ गते २०८१

बीपी राजमार्ग  सडक बाढीले बगाएपछि अस्थायी ट्रयाक खोल्न थालियो

बीपी राजमार्ग  सडक बाढीले बगाएपछि अस्थायी ट्रयाक खोल्न थालियो

अखबार दैनिक
मंगलबार, असोज १५ २०८१
  • बीपी राजमार्ग  सडक बाढीले बगाएपछि अस्थायी ट्रयाक खोल्न थालियो

    काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ । सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ ।

    images

    नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ सडक विभागकाअनुसा महोत्तरीको बर्दीबासदेखि नेपालथोकसम्मको सडक आइतबारदेखि नै खुलेको छ । तर नेपालथोकदेखि काठमाडौंतर्फको सडक १० भन्दा धेरै ठाउँमा पूरै ध्वस्त भएको छ ।

    धुलिखेल–भकुन्डेबेँसी खण्ड पनि सोमबार साँझदेखि सञ्चालनमा ल्याएको छ । तर रोशी–नेपालथोक खण्डको सडक ठाउँ ठाउँमा पूरै क्षतविक्षत भएकाले यस पटकको दशैँमा काठमाडौंबाट यो मार्ग हुँदै मधेश र पूर्वी नेपाल जान असम्भव भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार