काठमाडौँ । पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका तीन जना विद्यार्थीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा हेटौँडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन्।