काठमाडौं। विपद्मा परेर घाइते भएकाहरुलाई नि: शुल्क उपचारको व्यवस्था मिलाइएको छ । बाढी, पहिरोमा परेर घाइते भएकाहरुको सरकारी अस्पताल र ट्रमा सेन्टरमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
गृह मन्त्रालयको विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. भिष्मकुमार भुसालले अहिलेसम्म नि:शुल्क उपचार गरेर २५ जना डिस्चार्ज समेत भइसकेको बताए ।