बिहीबार , कात्तिक १५ गते २०८१

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

शुक्रबार, असोज ११ २०८१
  • पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

    वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो ।

    images

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ ।” वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरु मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

    पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताउनुभयो । डुङ्गा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उहाँले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उहाँले बताउनु भयो ।

    प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो, “कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ । मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पानी परिरहे पनि दसैँ अघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।” रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार