बिहीबार , कात्तिक १५ गते २०८१

दसैँका लागि राष्ट्र बैंकले नयाँ नोट नदिने, तर सफा र सुकिलो नोट दिने

दसैँका लागि राष्ट्र बैंकले नयाँ नोट नदिने, तर सफा र सुकिलो नोट दिने

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८१
  • दसैँका लागि राष्ट्र बैंकले नयाँ नोट नदिने, तर सफा र सुकिलो नोट दिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैदेखि नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको छ।  नयाँ नोट एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि केन्द्रिय बैंकले नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको हो । 

    images

    राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर योजना सफल हुन सकेन । उक्त योजना यस पटकको दशैंबाट लागू हुने छ ।

    दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ । यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट साट्ने गरेको थियो । अब दशैं आउन केहि दिन मात्रै बाँकी छ । यो वर्ष असोज २६ गते दशैंको टीकाको साइत छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार