बिहीबार , कात्तिक १५ गते २०८१

कात्तिक २९ देखि ‘महजात्रा’ सुरु हुने, मोफसलका सहरमा पनि प्रस्तुति

कात्तिक २९ देखि ‘महजात्रा’ सुरु हुने, मोफसलका सहरमा पनि प्रस्तुति

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८१
  • कात्तिक २९ देखि ‘महजात्रा’ सुरु हुने, मोफसलका सहरमा पनि प्रस्तुति

    काठमाडौं । महजोडीले कात्तिक २९ गतेदेखि ‘महजात्रा’ प्रहसन प्रस्तुत गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘महजात्रा’ प्रहसन हुने भएको हो । दर्शकलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यले ‘महजात्रा’ गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

    images

    प्रहसनमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै कलाकार किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतको प्रस्तुति रहने बताइएको छ । 

    प्रहसनको मुख्य उद्देश्य हास्यव्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक विकृतिलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गरिने मदनकृष्ण श्रेष्ठले बताए । 

    उनले आफूहरू कुनै पनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दललाई बराबर नजरले हेरेको बताए । महजोडी दश वर्षपछि फेरि एकसाथ मञ्चमा आउन लागेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार