बिहीबार , कात्तिक १५ गते २०८१

गस्तीमा निस्किएको प्रहरीमाथि ढुंगामुढा

गस्तीमा निस्किएको प्रहरीमाथि ढुंगामुढा

अखबार दैनिक
बिहीबार , असोज १० २०८१
  • गस्तीमा निस्किएको प्रहरीमाथि ढुंगामुढा

    कञ्चनपुर । कञ्चनपुरमा गस्ती खटिएका प्रहरी निरीक्षकसहितको टोलीमाथि आक्रमण भएको छ । कञ्चनपुरमा लंगरबुर्जा खेलिरहेको ठाउँमा प्रहरी टोली पुग्दा ढुंगामुढा भएको हो । बुधबार राति सवा ११ बजे पुनर्वास नगरपालिका–७ चगाउँमा लंगरबुर्जा खेलिरहेको सूचना प्रहरीले पाएको थियो ।

    images

    पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा लंगुरबुर्जा (स्थानीय भाषामा खडखडे) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा आफूसहितको टोलीमाथि आक्रमण भएको प्रहरी निरीक्षक शाहले बताए । खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो ।

    उक्त समूहले प्रहरीमाथि आक्रमण गर्नाका साथै प्रहरी टोली चढेको भ्यान तोडफोड गरेका हुन् । प्रहरी आएको थाहा पाएपछि जुवा खेलिरहेकाहरूले प्रहरीमाथि ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । उनका अनुसार प्रहरी निरीक्षक शाहीसहित चार जना सामान्य घाइते छन् ।

    ‘लंगरबुर्जा खेलिरहेको ठाउँमा २०–२५ जना रहेछन् । उनीहरूले ढुंगामुढा गर्दा चार जनालाई चोट लागेको छ,’ उनले भने । घटनाबारे बुझ्न डीएसपी जोशी घटनास्थलमा जाँदैछन् । प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ । यसमा संलग्न कसैलाई पक्राउ गरेको भने छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार