बिहीबार , कात्तिक १५ गते २०८१

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्न चित्र कोर्न थालिन् । कुनैबेला समय बिताउन चित्र कोर्न सुरु गरेकी उनी अहिले कुशल चित्रकार बनेकी छन् ।

    images

    आईटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङसँग मित्रता गरेकी थिइन् । ‘कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु’, उनले भनिन् ।

    एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । ‘फुपूदिदीको घरमा फर्निचर उद्योग थियो । सुरुआती दिनमा त्यहाँ गएका रङ, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ’, उनले भनिन् ।

    आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने बताउँछिन् । यसबाट ध्यान विकेन्द्रित नहसने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

    उनले एउटा चित्र न्यूनतम सात हजारसम्म र अधिकतम् १२ हजार रुपैयाँसम्ममा बिक्री हुने उल्लेख गरेको बताइन् । उनी गत वर्ष गण्डकी प्रज्ञा–प्रतिष्ठान र क्यानले संयुक्त रुपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत पनि भएकी थिइन् ।

    घरमा बसेर आइटीको क्षेत्रमा देश विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उनको दिनचर्या बनेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार