बिहीबार , कात्तिक १५ गते २०८१

साल्ट ट्रेडिङ र जुत्ता उत्पादक संघको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालनमा

साल्ट ट्रेडिङ र जुत्ता उत्पादक संघको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालनमा

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • साल्ट ट्रेडिङ र जुत्ता उत्पादक संघको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालनमा

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।

    images

    संघका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको हो ।

    पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ । संघका अध्यक्ष रुद्र न्यौपाने आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने बताए । 

    नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन सघं लागिपरेको बताउँदै उनले नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार