बिहीबार , कात्तिक १५ गते २०८१

काठमाडौंमा पहिलो पटक स्याउ मेला

काठमाडौंमा पहिलो पटक स्याउ मेला

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • काठमाडौंमा पहिलो पटक स्याउ मेला

    काठमाडौं । काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ। ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरले मेला आयोजना गर्न लागेको हो। मेला असोज १७ गतेदेखि तीनसम्म चल्ने छ। किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो। 

    images

    महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरू राखिने किसान भेन्चरका सीइओ राजेश कार्कीले बताए। 

    विभिन्न कारणले नेपालमा उत्पादित स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए। 

    स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ। मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार