बिहीबार , कात्तिक १५ गते २०८१

मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै एकजुट हुनपर्छ : राष्ट्रपति पौडेल

मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै एकजुट हुनपर्छ : राष्ट्रपति पौडेल

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै एकजुट हुनपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने बताएका छन् । 

    images

    बुधबार जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए । जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा गर्दै मनाइन्छ । 

    यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्छन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

    राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरेका छन् । 

    उनले प्रकृति पूजामा आधारित यसपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार