बिहीबार , कात्तिक १५ गते २०८१

दसैंका अग्रिम टिकट बुकिङ असोज १२ गते बाट खुला

दसैंका अग्रिम टिकट बुकिङ असोज १२ गते बाट खुला

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • दसैंका अग्रिम टिकट बुकिङ असोज १२ गते बाट खुला

    यसपालिको दसैंमा काठमाडौंबाट देशभरका विभिन्न गन्तव्यमा जाने यात्रुहरूका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ असोज १२ गते बाट खुला गरिने भएको छ ।

    images

    यातायात व्यवस्था विभागमा मंगलबार यातायात व्यवसायीको उपस्थितिमा भएको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

    सो बैठकमा यातायात व्यवस्था विभागले आगामी असोज १० गतेबाटै टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको थियो । तर, बैठकमा सहभागी यातायात व्यवसायीले तयारीको समय केही कम हुने सुझावसहितको धारणा राखेपछि दुवै पक्षबीच भएको सो छलफलमा आगामी असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने सहमति जुटेको हो ।

    सरकार र सम्बन्धित यातायात व्यवसायी प्रतिनिधिहरूबीच सम्पन्न भएको बैठकले सम्भव भएसम्म यातायात व्यवसायीले अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    आगामी असोज १७ गते घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि अध्ययन, विभिन्न पेसा, व्यवसाय एवं काम विशेषले काठमाडौं उपत्यकामा बस्दै आएका लाखौं यात्रु सडकमार्ग हुँदै आ–आफ्नो गन्तव्यमा जाँदै छन् ।

    यातायात आवागमन सहज बनाउन घटस्थापनादेखि आगामी कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत सो बैठकले गरेको विभागले जनाएको छ ।

    सोही बैठकमा घटस्थापनादेखि पूर्णिमासम्म यात्रुबाहक सवारीसाधनलाई देशभर रुट परमिट खुला गर्ने निर्णय पनि भएको विभागले जानकारी दिएको छ । सम्बन्धित यातायात व्यवसायी, गोंगबुको नयाँ बसपार्कस्थित लोत्से बहुउद्देश्य प्रालि, नाडाका प्रतिनिधि, सिप्रदीसमेतका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच सम्पन्न भएको सो बैठकमा ट्राफिक प्रहरीको पनि उपस्थिति थियो । विभागले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने बताएको छ । याे समाचार राजधानी दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार