बिहीबार , कात्तिक १५ गते २०८१

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

अखबार दैनिक
मंगलबार, असोज ८ २०८१
  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अदालतले उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। 

    images

    मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
    प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए।प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो।  उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार