काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्दा जारी हुने क्यूआरसहितको अनलाइन पाससमेत झन्झटिलो भएपछि नयाँ प्रविधिको ई-पास जारी गर्न तयारी थालेको छ ।
सोमबार मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको सचिव बैठकले गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्नेका लागि ई-पास दिने प्रणाली कार्यन्वयनमा ल्याउने निर्णय गरेको छ ।
स्रोतका अनुसार अहिलेको अनलाइन प्रणालीबाट पनि सिंदरबार छिर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि यस्तो निर्णय भएको हो ।