बिहीबार , कात्तिक १५ गते २०८१

प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

    अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुगल सर्च वारेन्ट’ पठाएका हुन् । अभियोजकतर्फका अधिकारीहरुले गुगलबाट प्राप्त हुने विवरण काफ्ले बेपत्ता प्रकरणमा महत्वपूर्ण प्रमाण साबित हुनसक्ने बताएका छन् ।

    images

    मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए । अदालतमा भएको सुनुवाइका क्रममा अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको जानकारी गराएका थिए । ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए ।

    प्रहरीले क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेशन डाटा निकाल्ने प्रयास गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुले ममताको हत्या भइसकेको हुनसक्ने आशंका गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार