आइतबार, मंसिर ९ गते २०८१

सुत्केरीको मृत्यु भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा तनाव

सुत्केरीको मृत्यु भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा तनाव

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • सुत्केरीको मृत्यु भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा तनाव

    सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।अस्पतालको आईसीयूमा वीरेन्द्रनगर नगरपालिका- ६ की १९ वर्षीय शर्मिला कुमालको गएराति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

    images

    आइतबार सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिएको आफन्तको भनाइ छ । चिकित्सकको लापरबाहीले शर्मिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राब भएको र आईसीयूमा राखेर उपचार गर्दागर्दै गएराति मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ । आफन्तहरूले अस्पताल परिसरमा दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ