शनिबार, असोज १० गते २०८३

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित

    काठमाडौं स्पाइकर्सले २०८१ साल असोज ५ गतेका दिन दसरथ रंगशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्ट इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रह्रेको थियो।

    ट्यालेन्ट हन्ट इभेन्ट नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना, संघका सदस्य अन्जु श्रेष्ठ, काठमाण्डौ महानगरपालिका वडा २६ का वडा अध्यक्ष ख्याम राज तिवारी र मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको सक्रिय नेतृत्वमा इभेन्ट सम्पन्न भएको हो। इभेन्टमा काठमाण्डौका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

    ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट भएकी  छिन्। उनी अब काठमाण्डौ स्पाइकर्स टोलीमा समावेश हुँदै वात्सल्य एभिएल महिला भलिबल लिगमा टिमको प्रतिनिधित्व गर्नेछिन्। 

    काठमाण्डौ स्पाइकर्सका प्रतिनिधिहरूले ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। यस इभेन्टबाट नेपालमा महिला खेलकुदलाई थप उचाइमा पुर्याउन योगदान गर्ने विश्वास काठमाण्डौ स्पाइकर्सले व्यक्त गरेको छन्।

    काठमाण्डौ स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले भनिन्, ‘’आजको ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चालेको छ। स्थानीय प्रतिभाको पहिचान र प्रवर्धन नै भविष्यको बलियो आधार हो भन्ने हाम्रो विश्वास रहेको छ। सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् र हामी आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेका छौं।"

    काठमाण्डौ स्पाइकर्सले भलिबल खेलप्रति युवा पुस्ताको रुचि बढाउन र भविष्यका उत्कृष्ट खेलाडीहरूलाई पहिचान गर्नका लागि यस्ता आगामी सिजनमाहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। अन्त्यमा, आयोजक काठमाण्डौ स्पाइकर्सले इभेन्टको सफलतामा सहभागी सबै खेलाडी, प्रशिक्षक, र समर्थकलाई धन्यवाद व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ