बुधबार, कात्तिक १४ गते २०८१

देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु संक्रमण

देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु संक्रमण

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु संक्रमण

    काठमाडौं।हुम्लाबाहेक देशभर डेंगु संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।

    images

    हालसम्म डेंगु रोगको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। 

    डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै त्यसैले वर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन्।  डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार