बिहीबार , कात्तिक १५ गते २०८१

संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफल आवश्यक छ : सभामुख घिमिर

संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफल आवश्यक छ : सभामुख घिमिर

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफल आवश्यक छ : सभामुख घिमिर

    काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिएका छन् ।

    images

    सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताएका हुन् ।

    सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने धारणा राखे ।

    उनले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गो लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई बुझाएकाले संसद्ले प्रतिकुलताका बीच समयमा काम सम्पन्न गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार