आइतबार, मंसिर ९ गते २०८१

रविलाई पक्राउ गर्न सहकारी पीडितको माग

रविलाई पक्राउ गर्न सहकारी पीडितको माग

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • रविलाई पक्राउ गर्न सहकारी पीडितको माग

    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको भन्दै पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिरोध प्रदर्शन गरिरहँदा सहकारी पीडित पनि प्रदर्शनमा पुगेका छन् । पोखरा सहिदचोकमा रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमनेसामने भएका हुन् । दुवै समूहले नाराबाजी गरिरहेका छन् । दुई पक्ष सडकको दुई किनारामा नाराबाजी गरिरहेका छन् ।

    images

    सहकारी पीडितहरुले‘सहकारी रकम अपचलन गर्ने रविलाई कारवाही गर’ भन्दै नाराबाजी गरिरहँदा रास्वपाका कार्यकर्ताले राजनीतिक प्रतिशोध बन्द गर, फाशिष्ट सरकार मूर्दावाद,सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाइरहेका छन् । ‘परिचालितहरु होसियार’ जस्ता नारा लगाएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार