बुधबार, कात्तिक १४ गते २०८१

रौतहटको राजपुरमा हैजा : हिँडडुल र आवतजावतमा कडाइ

रौतहटको राजपुरमा हैजा : हिँडडुल र आवतजावतमा कडाइ

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • रौतहटको राजपुरमा हैजा : हिँडडुल र आवतजावतमा कडाइ

    काठमाडौं । रौतहटको राजपुर नगरपालिका–४ मा देखिएको झाडापखाला/हैजाको रोकथाम र नियन्त्रणका निम्ति स्थानीय प्रशासनले कदम चालेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नियन्त्रणात्मक आदेश जारी गरेका हुन् ।

    images

    उक्त क्षेत्रमा मानिसको हिँडडुल र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गरिएको छ । अत्यावश्यक सेवाबाहेकका सवारीसाधनको आवतजावतमा पनि नियन्त्रण गरिएको छ । उक्त क्षेत्रमा माछामासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न समेत आदेश जारी गरिएको छ ।

    राजपुर–४, जोवैरचोकदेखि मदनीचोक र शेख अब्दुल्लाहको खलिहानदेखि डा. नुरुल होदाको घरसम्मको वरिपरिको घरधुरी क्षेत्रमा उक्त आदेश लागु हुनेछ ।

    fsdmg-1727064079.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार