बिहीबार , कात्तिक १५ गते २०८१

बीए.एलएलबी पढाउन हेराल्ड ल स्कुलले ४० सिट, प्रवेश परीक्षाका लागि आवेदन माग

बीए.एलएलबी पढाउन हेराल्ड ल स्कुलले ४० सिट, प्रवेश परीक्षाका लागि आवेदन माग

अखबार दैनिक
आइतबार, असोज ६ २०८१
  • बीए.एलएलबी पढाउन हेराल्ड ल स्कुलले ४० सिट, प्रवेश परीक्षाका लागि आवेदन माग

    काठमाडौं । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए.एलएलबी पढाउने भएको हो । 

    images

    काठमाडौंको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन अध्यापन गराईरहेको छ। हेराल्डमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ । स्नातक तहमा पनि यो वर्षदेखि बीए.एलएलबी कोर्स सुरु गरिएको हो । पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरुको रोजाइको विषय बनेको छ । 

    कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीए.एलएलबी गरी दुई वटा प्रोगाम रहेको छ । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीए.एलएलबीका लागि कुनै पनि संकायमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्छ । 

    कानुनमा स्नातक अध्ययनका लागि अहिले निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । यो मध्ये पनि बीए.एलएलबी कोर्ष विद्यार्थीहरुको विशेष रोजाइ बन्ने गरेको छ । सीमित कोटा र प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा हेराल्डले यो कोर्स पढाउन सुरु गरेको हो ।

     कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरुको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक शत्रबाट बीए.एलएलबी कोर्स सुरु गरिएको हेराल्ड एजुकेशन नेटवर्कका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए । अध्यक्ष ज्ञवालीका अनुसार अहिले हेराल्ड ल स्कुल बसुन्धाराबाट प्रवेश परीक्षाको फारम वितरण भइरहेको र आगामी असोज १२ गते शनिबार दिउँसो ३:३० बजेदेखि साँझ ५:३० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । प्रवेश परीक्षा उत्तिर्ण उत्कृष्ट ४० जनाले यो शैक्षिक शत्रमा भर्ना हुन पाउने छन् ।

     उपयुक्त र आधुनिक प्रविधियुक्त शैक्षिक वातावरणमा अनुभवी प्राध्यापकहरुबाट पढाइ हुने हेराल्डको नतिजा पनि उत्कृष्ट रहेको छ । हेराल्डले उत्कृष्ट शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार