शुक्रबार, कात्तिक २ गते २०८१

चलचित्र‘आँखा’ को ट्रेलर सार्वजनिक

चलचित्र‘आँखा’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
आइतबार, असोज ६ २०८१
  • चलचित्र‘आँखा’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार निर्माण कम्पनि लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर युट्युब रिलिज गरेको हो ।सार्वजनिक ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन् । 

    images

    बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई चलचित्रले भावनात्मक रूपमा उठान गरेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घरका सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ ।

    लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिलमस, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् ।

    निर्देशक योञ्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योञ्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह–निर्मातामा रेनुका कार्की ढोली छिन् । चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’ मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ