बिहीबार , असोज ३ गते २०८१

विवाह-अगाडि-नै-गर्भवती-बनेका-बलिउड-अभिनेत्रिहरू

विवाह-अगाडि-नै-गर्भवती-बनेका-बलिउड-अभिनेत्रिहरू

अखबार दैनिक
बिहीबार , जेठ १ २०७७
  • विवाह-अगाडि-नै-गर्भवती-बनेका-बलिउड-अभिनेत्रिहरू

    बलिउडमा सेलेब्रिटीहरूमा लभ अफियर र डिभोर्सका घटना धेरै नै सुनिन्छ ।

    images

    विवाह गर्नु र केही समयमा छुटिनु उनीहरुका लागि सामान्य जस्तै बनेको छ । तर विवाह अगाडि गर्भवती हुने विषयमा भने बलिउडमा सहज रुपमा लिइदैन । तर पनि बलिउडका केही चर्चित अभिनेत्री भने विवाह अगाडि नै गर्भवती बनेका थिए ।

    श्रीदेवी

    242F70C2-651A-494C-8A7D-4983483BE82B.jpeg

    फिल्म निर्माता बोनी कपुरले श्रीदेवीको दिल जिते जब श्रीदेवी अमेरिकामा बिरामी आमाको उपचार गरिरहेकी थिइन् । यो समयमा बोनीले उनलाई धेरै सहयोग गरे । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिहे गरेर सबैलाई चकित तुल्याइन् । खासमा श्रीदेवी गर्भवती भएका कारण हतारमा बिहे गरेकी थिइन् । श्रीदेवी स्वयंले यो कुरालाई स्वीकार गरिसकेकी छिन् ।

    अमृता अरोरा

    BDDB201E-B130-46FA-B63F-354C977B0B76.jpeg

    मलाइका अरोराकी बहिनी हुन् अमृता । व्यापारी सकिल लदकसँग अफेयरमा रहेकी अमृताले पनि हतारमा बिहे गरिन् । त्यतिखेर बलिउडमा हल्ला चल्यो कि बिहेको समयमा अमृता गर्भवती थिइन् । नभन्दै बिहेको केही दिनमै उनले पुष्टि हुने अभिव्यक्ति दिइन्, ‘म आमा बन्दै छु ।’

    महिमा चौधरी

    7A485822-4685-4B01-A70A-017B16A471D3.jpeg

    अभिनेत्री महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेश’बाट आफ्नो करिअर सुरु गरेकी थिइन् । उनको वास्तविक नाम ऋतु चौधरी हो । उनले २००६ मा अचानक बाबी मुखर्जीसँग बिहे गरिन् । त्यतिखेर उनको हातमा केही फिल्म पनि थिए । तर, सबै काम छाडेर उनले मुखर्जीसँग लगनगाँठो कसिन् । उनको पनि हतारको बिहे तब पुष्टि भयो, जब बिहेको केही महिनामै छोरीलाई जन्म दिइन् ।

    सारिका ठाकुर

    D41A4C48-3B1E-4C2E-B390-CF0BCAE96B25.jpeg

    फिल्म राजतिलकको सुटिङका दौरान सारिका र कमल हसनबीचको अफेयर पर्दाफास भयो । त्यसलगत्तै उनीहरूले सम्बन्धलाई बिहेमा बदले । सारिका गर्भवती भएका कारण बिहे भएको कुरा केही समयमै यो जोडीले स्विर्कायो ।

    नीना गुप्ता

    7AD1AE41-D279-43D7-B889-FAD3AEEC437A.jpeg

    ‘म गर्भवती छु,’ भन्दै अभिनेत्री नीना गुप्ताले पनि अचानक दुनियाँ चकित पर्ने खबर सुनाइन् । उनले आफ्नो पेटमा रहेको बच्चाको पिताको नाम पनि खुलाइदिइन् । क्रिकेटर विवियन रिचर्डस् उनको पेटको बच्चाका पिता थिए । यो साहसिक फैसलापछि उनले बच्चालाई जन्म पनि दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ