शुक्रबार, असोज ४ गते २०८१

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका छन् ।  

    images

    प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सरकारले गर्ने दैनिक कार्यसम्पादन कार्यवाहक प्रधानमन्त्रीका रूपमा सिंहले गर्नेछन् ।प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    1726815624-lce5h.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ