शुक्रबार, असोज ४ गते २०८१

कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।
    विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्रीअधिकारीले बताए । 

    images

    एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौँ फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ