शुक्रबार, असोज ४ गते २०८१

भारतमा एमपक्सको दोस्रो सङ्क्रमित भेटिए

भारतमा एमपक्सको दोस्रो सङ्क्रमित भेटिए

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • भारतमा एमपक्सको दोस्रो सङ्क्रमित भेटिए

    एजेन्सी । भारतमा एमपक्स अर्थात् मंकीपक्सको दोस्रो सङ्क्रमित फेला परेका छन् । केरलाको मलाप्पुरम जिल्लामा एमपक्स सङ्क्रमणको एउटा मामिला बाहिरिएको छ ।  सङ्क्रमित केही समयअघि मात्रै विदेशबाट फर्किएका थिए । यी ३८ वर्षीय पुरुषमा रोगका लक्षण देखा परेपछि परीक्षणका क्रममा उनमा एमपक्स सङ्क्रमण भएको पुष्टि भएको हो ।

    images

    भारतमा एमपक्स सङ्क्रमणको यो दोस्रो मामिला हो । यसअघि महिनाको सुरुमा केरलामा भारतकै पहिलो एमपक्स सङ्क्रमण पूष्टि भएको थियो । केही दिनअघि युएईबाट आएका ३५ वर्षीय पुरुषलाई तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी युएईमा हुँदा इमपक्स संक्रमितको सम्पर्कमा आएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ