शुक्रबार, असोज ४ गते २०८१

चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । घटस्थापनाको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।  

    images

    ट्रेलरमा छोरी ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई देखाइएको छ भने केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यंग्य गरेको छ। 

    चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

    अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ। चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ