शुक्रबार, असोज ४ गते २०८१

नेपालमा १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

नेपालमा १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • नेपालमा १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन्। एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताएका हुन्।

    images

    पत्रकार ऋषि धमलाले प्रदेश खारेजीको बहस बढिरहेको छ नि भन्ने प्रश्नमा प्रचण्डले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए। ७ प्रदेश सेतो हात्ती भयो नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी त १४ वटा प्रदेशको पक्षमा छौं। यसमा पहिले झण्डै झण्डै सहमति भएको थियो ।

    प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो भएको बताए। उनले आफूहरू पूर्ण समानुपातिक प्रणालीको पक्षमा रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ