बिहीबार , असोज ३ गते २०८१

चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा

चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा

अखबार दैनिक
बिहीबार , असोज ३ २०८१
  • चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा

    काठमाडौं । नेपाली चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको छ । संविधान दिवसको अवसर पारेर ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको हो । चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिका रहेको छ ।  

    images

    प्रेमकथामा निर्माण भएको चलचित्रमा अशोक थापको निर्देशन रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रको निर्मातामा वीर बहादुर लामा, चन्द्र भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्।

    चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरूङ, राज थापा काउछा, विजय संयोक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, खडक बहादुर पुन लगायतका कलाकारहरूको अभिनय छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ