बिहीबार , असोज ३ गते २०८१

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

अखबार दैनिक
बिहीबार , असोज ३ २०८१
  • भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो।

    images

    यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले सञ्चालन गरेको अस्पतालका ३०० भन्दा बढी कर्मचारी वृत्ति विकासबाट वञ्चित थिए। ​सरकारले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ ।

    बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा.अजित रायमाझीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। उनको कार्यकाल चार वर्षको हुनेछ।

    यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभागका संयोजक हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ