बिहीबार , असोज ३ गते २०८१

काठमाडौँ महानगरपालिकाकी उपमेयर डंगोल अमेरिका प्रस्थान

काठमाडौँ महानगरपालिकाकी उपमेयर डंगोल अमेरिका प्रस्थान

अखबार दैनिक
बिहीबार , असोज ३ २०८१
  • काठमाडौँ महानगरपालिकाकी उपमेयर डंगोल अमेरिका प्रस्थान

    काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अमेरिका प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन उनी अमेरिका प्रस्थान गरेकी छन् ।उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरे । बिदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु विमानस्थल पुगेका थिए ।

    images

    उनीसँगै परशुराम नगरपालिकाका प्रमुख भरत जोशी र युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि प्रस्थान गरेका छन् । उपप्रमुख डंगोल महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा सहभागी हुने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ