बिहीबार , असोज ३ गते २०८१

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

    भूकम्पपछि पुननिर्माण गरिएको सुनधारास्थित धरहरा सर्वसाधारण्का लागि बिहीबारदेखि खुला गरिने भएको छ । मन्त्रिपरिषद्ले २७ भदौमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो । सरकारले संविधान दिवसको अवसर पारेर सो निर्णय कार्यान्वयन गर्ने भएको हो । हाललाई धरहरा चढेको शुल्क लाग्ने छैन । 

    images

    २०७२ को गोरखा भूकम्पले धरहरा भत्काएको थियो । त्यसपछि सरकारले भत्किएको धरहरालाई यथावत राखी पहिला धरहरा रहेको नजिकै अर्को धरहरा बनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि फेरि ओली नै प्रधानमन्त्री भएको बेला सर्वसाधारणका लागि खुला गरिएको हो । ओलीले त्यसबेला निर्माण पूरा नहुँदै उद्घाटन गरेको भन्दै आलोचनासमेत भएको थियो । धरहरा भीमसेना थापाले निर्माण गरेका थिए । धरहरामा पटकपटक भूकम्पले क्षति पुर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ