बिहीबार , असोज ३ गते २०८१

दाङको तुलसीपुर सेन्टर देशकै उत्कृष्ट सामुदायिक विद्यालय

दाङको तुलसीपुर सेन्टर देशकै उत्कृष्ट सामुदायिक विद्यालय

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • दाङको तुलसीपुर सेन्टर देशकै उत्कृष्ट सामुदायिक विद्यालय

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टर देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको हो ।

    images

    शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसका अवसरमा तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार प्रदान गरेको छ । सामुदायिकतर्फ काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ ।

    यस्तै, दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी निजी विद्यालयतर्फ टोखाको फलोसेन्ट मावि प्रथम भएको छ भने विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको छ ।

    विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट भएको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमध्ये ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ । निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीबोट राष्ट्रिय स्तरमा उत्कृष्ट भई पुरस्कार पाएको छ ।

    प्राविधिक शिक्षालयतर्फ नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ