बिहीबार , असोज ३ गते २०८१

ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

    काठमाडौँ । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रम गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट होटेलमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा ओमान सरकारका अर्थव्यवस्था मन्त्री डा. साइद बिन मोहमद बिन आहमद अल सक्री सहभागी भएका थिए ।

    images

    कार्यक्रममा ओमानको स्टेट काउन्सिल र शुरा काउन्सिलबाट दुईदुईजना तथा परराष्ट्र मन्त्रालयका एसिया–प्यासिफिक विभाग र अरब विभागका प्रमुखहरूको सहभागिता थियो । कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख एवं कूटनीतिज्ञ, सञ्चारकर्मी, पर्यटन तथा उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधि, राजदूतावासका कर्मचारीसहित २३० भन्दा बढीको सहभागिता रहेको थियो ।

    ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले अतिथिहरूलाई स्वागत गर्दै संविधानका मुख्य विशेषतामाथि प्रकाश पारेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

    “नेपालको संविधानले शान्ति, स्थायित्व, आर्थिक एवम् सामाजिक विकासका लागि मार्ग प्रशस्त गर्नुका साथै समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गरी राज्यका हरेक अंगमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ,” राजदूत अर्यालले भने ।

    राजदूत अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र ओमानबीच सौहार्दता, मित्रता र आपसी विश्वासमा आधारित उत्कृष्ट सम्बन्ध रहेको बताए । सम्बोधनका क्रममा उनले दुई देशबीच यसवर्ष भएका महत्वपूर्ण औपचारिक भ्रमणहरूको बारेमा पनि जानकारी गराएका थिए ।

    राजदूत अर्यालले नेपालमा रहेको जलविद्युत् सम्भाव्यता, लगानीको सम्भावना, पर्यटकीय आकर्षणलगायत नेपाल सरकारले अवलम्बन गरेको उदारवादी नीतिमाथि जोड दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ