बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । अब बुधवार गरेर साताको तीन उडान हुनेछ । बुद्धको उडानबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ ।
काठमाडौँबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय काठमाडौँबाट ७ः १५ तथा वाराणसीबाट ८ः ३० रहेको बुद्ध एयरले जनाएको छ ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    