उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ ।
उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए ।‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ उनले भने ।