बिहीबार , कात्तिक १५ गते २०८१

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

अखबार दैनिक
आइतबार, भदौ ३० २०८१
  • सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

    नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

    images

    सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक राखेका थिए । उक्त बैठक बिना निष्कर्ष टुंगिएपछि माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।

    दलहरूको बैठकमा सभामुखले आफूले संसद सचिवालयको अध्ययनको आधारमा ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएको बताएका थिए । तर, यो एकपक्षीय भएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति राखेका थिए ।

    त्यसपछि बसेको माओवादी केन्द्रको छुट्टै छलफलले एमालेका सचिव योगश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा बोल्दा व्यक्त गरेको माओवादी हिंसा भन्ने शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार