बिहीबार , असोज ३ गते २०८१

गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

अखबार दैनिक
आइतबार, भदौ ३० २०८१
  • गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

    काठमाडौं । पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ ।

    images

    आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐतिहासिक पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन् । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको हो । 

    उनले भने, ‘गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरूप भत्ताको व्यवस्था गरेका छौँ,’ ‘प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौँ । मेडल नै ल्याउन सफल भएको कारण प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्द्धनलाई दिने घोषणा गर्दछु ।’ सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ प्रदान गरेका छन् ।

    पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ