प्रतिनिधिसभा बैठक १ घण्टा सारिएको छ । दिउँसो १ बजेका लागि तय बैठक माओवादीले आन्तरिक छलफलका लागि समय मागेपछि दिउँसो २ बजेलाई सारिएको हो ।
माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट अवरुद्ध बनेको थियो । आज सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीलाई पार्टीलाई आन्तरिक छलफलका लागि १ घण्टा समय दिइएको छ ।