बिहीबार , असोज ३ गते २०८१

देशभर साढे नौ हजार डेंगी संक्रमित, ६ जनाको मृत्यु

देशभर साढे नौ हजार डेंगी संक्रमित, ६ जनाको मृत्यु

अखबार दैनिक
आइतबार, भदौ ३० २०८१
  • देशभर साढे नौ हजार डेंगी संक्रमित, ६ जनाको मृत्यु

    काठमाडौं । यो वर्ष (सन् २०२४)मा देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ । जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

    images

    यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै तनहुँका एक हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका एक हजार ३१८, पर्वतका ८८०, काठमाडौंका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ ।

    यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ