आइतबार, मंसिर ९ गते २०८१

घरेलु श्रमिक बालिका बलात्कारको अभियोग लागेका इन्स्पेक्टर धरौटीमा छुटे

घरेलु श्रमिक बालिका बलात्कारको अभियोग लागेका इन्स्पेक्टर धरौटीमा छुटे

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८१
  • घरेलु श्रमिक बालिका बलात्कारको अभियोग लागेका इन्स्पेक्टर धरौटीमा छुटे

    १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताए ।

    images

    उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् । यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । शिवाकोटी आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरस्ती करणी गरेको आरोपमा २३ जेठमा उनी पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार