बिहीबार , कात्तिक १५ गते २०८१

नेपाल प्रहरीमा जागिर खुल्यो

नेपाल प्रहरीमा जागिर खुल्यो

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८१
  • नेपाल प्रहरीमा जागिर खुल्यो

    नेपाल प्रहरीमा २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि जागिर खुलेको छ । इन्स्पेक्टरतर्फ ३५ खुला, १ अमर/अशक्त प्रहरी परिवार, ६ महिला, ९ आदिवासी/जनजाती, ८ मधेशी, ४ दलित र १ जना पिछडिएको क्षेत्रका लागि कोटा छ।

    images

    स्नातक वा सोसरह उत्तीर्णले २० वर्ष पुगेको र २५ वर्ष ननाघेको भए आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ । तर प्रहरी सेवामै रहेकाको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ।

    यस्तै असईतर्फ खुलामा एक सय ३८, (५ जना अमर/अशक्त प्रहरी परिवार), २३ महिला, ३६ आदिवासी/जनजाती, ३१ मधेशी,१७ दलित र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। जसका लागि न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ। कार्यालयले जनाए अनुसार असोज ३० गतेसम्म दरखास्त दिन सकिने छ ।

    458481847_495698286551268_9003792289094061176_n.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार