बिहीबार , असोज ३ गते २०८१

सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

अखबार दैनिक
बुधबार, वैशाख ३१ २०७७
  • सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् । भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।

    images

    नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई पनि आमन्त्रण गरिएको छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    धारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो ।

    भरातीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक मार्ग उदघाटन गरेपछि नेपालमा यसको विरोध भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ