आइतबार, मंसिर ९ गते २०८१

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

    काठमाडौं। कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो ।

    images

    कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो ।

    अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो ।

    Suchana-nepal.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ