शुक्रबार, मंसिर १४ गते २०८१

भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ बेपत्ता

भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ बेपत्ता

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८१
  • भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ बेपत्ता

    भियतनामको उत्तरी क्षेत्रमा ‘सुपर टाइफुन’ यागीसँगै आएको बाढीपहिरोमा परी ६५ जनाको मृत्यु भएको छ । ३९ जना बेपत्ता रहेका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । चक्रवातका कारण ७५२ जना घाइते भएका जनाइएको छ । मंगलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्ड पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्च चेतावनी जारी गरिएको छ ।

    images

    हनोईको रेड नदीको बढ्दो जलस्तरले सोमबारदेखि सहरका विभिन्न क्षेत्रमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

    भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले चक्रवातबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्ट्याउने निर्णय गरेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार