आइतबार, मंसिर ९ गते २०८१

१६ वर्ष उडाएर बुद्ध एयरले गर्‍यो 'एटिआर ४२' जहाजलाई बिदाइ

१६ वर्ष उडाएर बुद्ध एयरले गर्‍यो 'एटिआर ४२' जहाजलाई बिदाइ

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८१
  • १६ वर्ष उडाएर बुद्ध एयरले गर्‍यो 'एटिआर ४२' जहाजलाई बिदाइ

    बुद्ध एयरले १६ वर्षदेखि उडाइरहेको 'एटिआर ४२ नाइन एन–एआइन' जहाज बिदाइ गरेको छ। यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो। (एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो।

    images

    नेपाली आकाशमा उडान सुरू गरेको १६ वर्षपछि जहाजको 'उडान साइकल' समाप्त भएको हो। नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ।  नाइन एन–एआइएनले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ। माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्टसमेत रहेका थिए।

    नेपाली आकाशमा ४० हजार उडान साइकलमार्फत उडान गरेको नाइन एन–एआइएन जहाजले नेपाल आउनुभन्दा पहिले ३० हजार उडान साइकल उडान गरेको थियो। १६ वर्षको अवधिमा यो जहाजले ४४ हजार ४७७ पटक उडान गरेको छ भने १८ लाख यात्रुलाइ सेवा दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ